news

Tourism Entrepreneur Chandra Prasad Rijal Honored

January 18, 2021

पर्यटन व्यवसायी चन्द्र प्रसाद रिजाल हालै नेकपाका केन्द्रीय सदस्यमा मनोनित भएको सम्मानमा नेकपा समर्थक युबा पर्यटन व्यवसायीले विहिवार होटल यात्रीको हलमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको समाचार छ । कार्यक्रममा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले चन्द्र प्रसाद रिजाललाई केन्द्रीय सदस्य बनाउंदा,पर्यटन ब्यबसायीहरु अझै धेरै उत्साहित भएको र पर्यटन क्षेत्रका नेतालाई पनि पार्टीले न्याय गरेको महशुस गरेको बताएका छन् ।
युवा बर्गलाई यसबाट नेकपाको सँगठन प्रति अझै जिम्मेवारी बन्न प्रेरित गर्ने पनि उनीहरुले उल्लेख गरेका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले भाबुक मन्त्यब्य दिदै सबै साथीहरुलाई एकजुट हुन आग्रह गरेका छन् । युवा पर्यटन ब्यबसायीले गरेको माया र सम्मानको लागी धन्यबाद दिदै सँगठनलाई गतिशिल र व्यबसायीमुखी बनाउन जिम्मेबार भएर अघि बढन पर्ने सल्लाह समेत दिए ।
रिजाल विद्यार्थी राजनितीबाट आम पर्यटन ब्यबसायीमा पहिचान बनाएका पर्यटन ब्यबसायी चन्द्रप्रसाद रिजाल धादिङका हुन । पारिवारिक गुजाराको लागी केही न केही काम गर्नुपर्ने बाध्यता सबैमा रहन्छ, उनीमा पनि त्यही परिबन्ध माझ रुमल्लिरहेका थिए । यहि नै परिस्थिती माझ पर्यटन क्षेत्रमा कार्यरत साथीभाईको संगतले उनलाई पनि यसै क्षेत्रमा आकर्षित गर्यो । रिजाल भन्छन् म मा सामाजिक न्याय र उत्पिडनको बिरुद्दमा आवाज उठाउने स्वभाव थियो,२०५३ साल तिर माओबादी समूहको डर त्रास सुरु भयो,काङ्गेसको समुह पर्यटनमा सँगठन बनाउन तिर लागे तर पुर्ब एमालेको क्रियाकलाप सुस्त थियो ।

वगतको अवस्था बारे स्मरण गर्दै उनले भने सुसंगठित नहुदाँ अप्ठ्यारो महशुस हुन थाल्यो,मनमा चसक्क बिझ्यो र राजेन्द्र प्रसाद सापकोटाको सहयोग लिई सँगठन निर्माणमा म अहोरात्र खटिए,त्यसताका हामीले काठमाण्डौको पर्यटन क्षेत्रमा लागेका अग्रज होस वा समकक्षी खोजी खोजी सदस्य बितरण गर्ने काम गर्यौ । यसैको फलस्बरुप हामी आज स्थापित संगठन भएका छौ । हो उनले भने झै संगठन निर्माणमा चन्द्र प्रसाद रिजाल सफल भएका छन् । एक कुशल संगठक मात्र होईन उनी साधारण ब्यक्तित्व र संगठनका ब्यक्तिलाई पर्दा सहयोग गर्न जहिले नि आतुर हुने अगुवामा गनिन्छन्। उनी भन्छन पार्टीको जीवनमा अनेक हण्डर खानु पर्यो,आफु भन्दा जुनियर अघि बढदा र आफु पछि पर्दा चसक्क हुन्थ्यो । तर मैले ईमान्दारिता र बफादारितामा देखाउदै अघि बढे। पार्टीले दिएको जिम्मेबारीमा एक ईन्च पनि तल माथी हुन दिईन । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेका नेकपा प्यानलका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले आफ्नो अनुभव यसरी बताएका छन् । नेपाल सुन्दर र रमणिय छ, पर्यटकीय छ । नेपालको बिकास पर्यटनबाट बढी सम्भावना छ तर गर्न पर्छ । सिंगापुर जस्तो स्विजरल्याण्ड जस्तो बनाउछु भनेर मात्र हुदैन । हामी अठोटका साथ काम गरौ ।